जेठ ०५, २०८१, शनिबार
               

अब एमाले ब्यूँतिन सक्दैन : माधवकुमार नेपाल

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् ।

प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यको भेलालाई सम्बोधन गर्दै नेता नेपालले मंगलबार यस्तो बताएका हुन् । यसका अलवा उनले  पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठकलाई गुटको भेलाको संज्ञा दिएका छन् ।

कसैले पार्टीको नाममा धावा बोल्दैमा वैधानिकता नपाउने उनको भनाइ छ ।  ‘४४१ केन्द्रीय सदस्यको दुईतिहाइ हामी यहाँ छौंँ,’उनले भने, ‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुबै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन ।’

त्यसैगरी उनले ओलीको भनाइप्रति इंगित गर्दै पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिन्ह मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानुनी आधार नभएको बताए । 

यो पनि