जेठ ०७, २०८१, सोमबार
               

वामदेवलाई भेट्न भैंसेपाटी पुगे तीन नेता

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटी गएका छन् ।

चार नेता (गौतम-नेपाल-खनाल-श्रेष्ठ) बीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

विभाजनको संघारमा रहेको नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् । प्रचण्ड-नेपाल पक्षले भने वामदेवलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका छन् ।

यसैबीच, गृहमन्त्री समेत रहेका नेकपाका अर्का नेता रामबहादुर थापा बादललाई भेट्न आज (मंगलबार) बिहान प्रचण्ड पुल्चोक पुगेका थिए ।


कस्तो लाग्यो ?

यो पनि