जेठ ०६, २०८१, आइतबार
               

संसद विघटन असंवैधानिक हो: नेता नेपाल

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार विघटन भएको संसद विघटनलाई असंवैधानिक भएको बताएका छन् । 

संसद भवन बानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले यस्तो बताएका हुन् । ‘संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन,’  उनले भने, ‘प्रधानमन्त्रीले निरंकुश तरिका अवलम्बन गरेको भन्दै उनले भने, यसको विरोध गर्छौं र संसद विघटित भएको ठान्दैनौँ ।’

प्रधानमन्त्रीले गरेको असंवैधानिक परिसर राष्ट्रपतिले स्वीकार गर्नु खेदजनक भएको उनको टिप्पणी छ । असंवैधानिक निर्णयको प्रतिवादका लागि संवैधानिक र राजनीतिक उपाय खोजिने उनले बताए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका बहुमत सदस्य बहुमत संसद विघटनको विपक्षमा रहेको उनको भनाइ छ । ‘प्रतिनिधिसभाको ९० जनााको हस्ताक्षर भइसकेको छ,’ उनले भने । 


कस्तो लाग्यो ?

यो पनि