जेठ ०७, २०८१, सोमबार
               

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्धको रिटमा ८ गते सुनुवाई

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सर्वोच्च अदालतमा दायर भएका रिटमाथि सुनुवाईको मिति तोकिएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयविरूद्धका रिटमाथि पर्सी पुस ८ गते सुनुवाई हुने भएको छ ।

मन्त्रिपरिषदले आइतबार बिहान प्रतिनिधिसभा विघटन गरी वैशाखमा मध्यावधि चुनावका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै मन्त्रिपरिषदको सिफारिस सदर गरेपछि वैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनाव हुने पक्का भएको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि