जेठ ०४, २०८१, शुक्रबार
               

सोमबार दिउँसो १ बजेसम्म सर्वोच्चमा संसद विघटनविरुद्ध ८ रिट दर्ताका लागि पेस

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्चमा संसद विघटनविरुद्ध आइतबार तीन रिट पुगे पनि सो क्रम सोमबार मध्यान्हसम्म जारी छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै सर्वोच्चमा रिट दर्ताका लागि लैजाने क्रम जारी रहेको हो । आइतबार मात्रै सर्वोच्चमा तीन रिट दर्ताका लागि पेस  भएका थिए । ती रिट आइतबार सर्वोच्चले अन्य रिट पनि यसै किसिमले आउने भन्दै दर्ता नगरी राखेको थियो । सोमबार १ बजेसम्म थप पाँच रिट पेस भएका छन् । 

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार अहिलेसम्म ८ वटा रिट पेस भएका उनले जानकारी दएका छन् । उनले अहिले सबै रिट दर्ताका लागि अध्ययन गरिरहेका बताए ।

आइतबार अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए । सोमबार पनि अदालत खुलेपछि कानुन व्यवसायीहरु रिट लिएर पुगेका छन् ।

संसद विघटन गरेसँगै सो निर्णय उल्ट्याउने विकल्प न्यायालय मात्र  हो । त्यही भएर कनिष्ठदेखि वरिष्ठसम्मका कानुन व्यवसायी प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

यो पनि