बैशाख २३, २०८१, आइतबार
               

संसद विघटनको विरोधमा प्रदर्शनमा उत्रिनेहरु पक्राउ

नेपाल फ्ल्यास
पुस ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनको विरोधमा प्रदर्शनका लागि सिंहदरबारअघि पुगेका केही पक्राउ परेका छन् । 

आइतबार असंवैधानिक रूपमा संसद विघटन भोएसँगै सोको विरुद्धमा देशमा विभिन्न ठाउँमा आइबारबाट प्रदर्शन हुँदै आएको छ । यसै क्रममा सोमबार प्रदर्शनका लागि भन्दै सिंहदरबारअघि गएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कृष्ण पहाडी नेतृत्वको टोली हो ।  सो टोलीलाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको हो । उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

आइतबार प्रतिनिधिसभा विघटन भई वैशाख १७ र २७ का लागि मध्यावधि निर्वाचनको मिति तोकिएको छ । 

यो पनि