काठमाडौं । आजै ऊर्जामन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् ।
पुन आजै सरकारी क्वाटर छाडेर बालुवाटारस्थित डेरामा सरेको पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका थिए ।