जेठ ०२, २०८१, बुधबार
               

संसद विघटनविरुद्ध दर्ताका लागि तीन रिट सर्वोच्च अदालतमा पेस

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ताका लागि पेस भएका छन् । 

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि सोको विरुद्धमा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले सर्वोच्चमा दर्ताका लागि उक्त रिट पेस गरेका हुन् । 

यद्यपि उनीहरुले दर्ता गरेको रिट दर्ता भएको छैन । सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलका अनुसार रिट निवेदक धेरै हुनसक्ने भएकाले सबै रिट एकै पटक दर्ता गर्न पेस भएका रिट दर्ता नगरिएका हुन् । 

प्रधान्मन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सोको चौतर्फी विरोधसँगै सर्वोच्चमा पनि रिट दर्ता भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि