जेठ ०३, २०८१, बिहीबार
               

संसद विघटन गलत कदम हो : नेता गौतम

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनालाई गलत कदम भएको बताएका छन् । 

नेता गौतमले आइतबार एक प्रेस नोट निकाल्दै सो कुरा बताएका हुन् । संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावनाविपरित प्रतिनिधिसभा विघटन गर्नु गलत र भत्र्सनायोग्य छ सो प्रेस नोटमा भनिएको छ । 

‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ,’ सो प्रेस नोटमा उल्लेख छ । 

यसअघि नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रति आफ्नो कुनै धारणा नरहेको भनी सामाजि सञ्जालमार्फत सार्वजनिक गरेका थिए । 

मन्त्रिपरिषदको आकस्मिक बैठकले गरेको संसद विघटनको सिफारिसप्रति सर्वत्र निन्दा र आलोचना भइरहेका बेला नेता गौतमको सो धारणा बाहिर आएको थियो । तर, सोको केही घन्टा नबित्दै उनले एक प्रेस नोट जारी गरी ओलीको कदमलाई गलत भनेका छन् ।  त्यसअघि उनले संसद भंगमा आफ्नो न समर्थन छ, न विरोध भएको बताएका थिए । यसका अलवा उनले आफू पर्ख र हेरमा रहेको समेत सो सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि