जेठ ०३, २०८१, बिहीबार
               

गगन थापाले सभापति देउवालाई दिए यस्तो सुझाव

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांगेसका युवा नेता तथा सांसद गगन थापाले सभापति शेरबहादुर देउवालाई उपसभामुख चयनपश्चत् मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन सुझाव दिएका छन् । 

सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले  सभापतिलाई सो सुझाव दिएका हुन् । 

उपसभामुख पद नेपाली कांग्रेसले पाउने भएकैले सत्तापक्षले चयन प्रक्रिया अगाडि नबढाएको उनको भनाइ छ । ‘पहिले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकले पूर्णता पाउनेछ,’ उनले भने ।

केही दिनदेखि निरन्तर सो परिषद्को बैठक स्थगित हुँदै आएको छ । यस्तै सो बैठक मंगलबार पनि सभामुख उपस्थित नभएका कारण स्थगित भयो । 

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ । बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ ।

यो पनि