बैशाख २१, २०८१, शुक्रबार
               

उखु किसानलाई भुक्तानी गरेको विवरण पेस गर्न मन्त्रीको निर्देशन

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाई गत वर्ष पुस १८मा भएको सहमतिबमोजिमको भुक्तानी गरेको विवरण पेस गर्न निर्देशन दिएका छन् ।
सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन् । आइतबारदेखि उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शनरत छन् । 

मन्त्रीले किसानसँग वार्ता गर्ने मनसाय बनाए पनि किसानसँग वार्ता हुन नसकेपछि उद्योगीसँग छलफल गरेका थिए । पुन: मंगलबार वार्ता हुने बताइएको छ । सो छलफलमा कृषिमन्त्री र गृहमन्त्री पनि सहभागी हुने भएका छन् ।

छलफलमा अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल र श्रीराम सुगर मिलका सञ्चालक विशाल अग्रवाल सहभागी थिए । छलफलमा राकेश अग्रवालले गत वर्षको सम्झौतापछि आफूले १८ करोड रुपैयाँ तिरेको र बाँकी रकम पनि तिर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी, विशाल अग्रवालले सरकारी कानुनकै कारण भुक्तानी गर्न नसकिएको बताएको बुझिएको छ । 

यो पनि