जेठ ०३, २०८१, बिहीबार
               

सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिन्छौँ : देउवा

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने बताएका छन् ।

सोमबार २९ गते देशभर हुने प्रदर्शनको अघिल्लो दिन देउवाले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । सो विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नुछ । त्यसकै सुरुआत हो भोलिको सांकेतिक प्रदर्शन ।’

सत्ताका अगाडि प्रमुख प्रतिपक्षी कांग्रेस निरिह भयो भन्ने आरोप लागिरहेका बेला कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो । यसअघि कांग्रेस शालीन, संवादमैत्री र जिम्मेवारको रुपमा देखिँदै आएको थियो ।

भोलिको प्रदर्शनबाट शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाले बताएका छन् । उनले प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन, भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न अपील गरेका छन् ।

यो पनि