बैशाख १८, २०८१, मंगलबार
               

भाजपा विदेश विभाग प्रमुखको राजनीतिक भेटघाट तीव्र

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका छन् ।

शुक्रबार बिहान सिंहदरबारमा भएको सो भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले बताएका छन् ।

यसअघि आजै बिहान डा. चौथाइवाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

सत्तारुढ दल नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

भारतबाट एकपछि अर्को भ्रमण भइरहेका बेला भारतको सत्तारुढ दल भाजपाका नेता पनि यहाँका सत्तारुढ नेताको निमन्त्रणामा आएका हुन् ।

यो पनि