बैशाख १४, २०८१, शुक्रबार
               

भाजपा विदेश विभाग प्रमुख र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भारतबाट एकपछि अर्को भ्रमण भइरहेका बेला भारतको सत्तारुढ दल भाजपाका नेता पनि यहाँका सत्तारुढ नेताको निमन्त्रणामा आएका हुन् ।

‘महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल आउनु भएको हो, त्यो अवसरमा प्रधानमन्त्रीलाई पनि भेट गर्नुभएको हो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको हाम्रो सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै केन्द्रित रहेर कुराकानी भयो ।’

गतवर्षदेखि नेपाल र भारतबीच सीमा विषयमा विवाद हुँदा दुई देशका नेताहरुबीच पनि संवाद तथा भेटवार्ता केहि महिना रोकिएको थियो ।

तर गत अगस्त १५ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भने भारत र नेपालबीच बिभिन्न तहमा आपसी भ्रमण र वार्ताहरु पुनः सुरु भएका छन् ।

दुई प्रधानमन्त्रीबीच भएको फोनवार्तापछि भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए ।

त्यसपछि भारतीय विदेश सचिव हर्षबर्द्धन शृंगलाले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपालको औपचारिक भ्रमण गरेका थिए ।

केही सातापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि भारत भ्रमण जाने बताइएको छ ।

यो पनि