जेठ ०३, २०८१, बिहीबार
               

साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार एकता घोषणा हुने भएको छ ।

झण्डै दुई वर्षअघि फुटेपछि बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरुले छलफल गर्दै आएका थिए ।

एकीकृत पार्टीको नाम विवेकशील साझा रहने बताइएको छ । 

एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने छन् । 

एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहने बताइएको छ ।

त्यसैगरी १२ देखि १४ जनासम्मको कार्यसमितिमा पनि दुवै तर्फका बराबर सदस्य रहनेछन् । 

अनलाइन कार्यक्रममार्फत दुई पार्टीबीच बुधबार एकता घोषणा गरिनेछ ।

यो पनि