बैशाख १४, २०८१, शुक्रबार
               

साझासँगको एकताप्रति असहमति राख्दै उपाध्यक्षसहित एक समूहले छाड्यो विवेकशील

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । विवेकशील नेपाली दलकी उपाध्यक्ष अजिता राईसहित एक समूह साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएको छ ।

उपाध्यक्ष राई लगायत १३ जनाले एकताबारे पहिलेदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए ।

बिहीबार १३ जनाले संयुक्तरुपमा विज्ञप्ति निकाली अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने बताएका हुन् ।

उनीहरुले अब फेरि पार्टी दर्ताका लागि आफुहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने बताएका छन् ।

विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् ।

रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी साझा र विवेकशीलबीच एकता गर्ने सहमति भइसकेको छ ।

एकता प्रक्रियाबाट अलग हुनेमा उपाध्यक्ष अजीता राई, सचिव (व्यवस्थापन) संगीता बाटाजु, संघीय समिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंङ तामाङ,विजय बाबु शिवाकोटी, जेसन बैद्य,शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की, आलोक सुवेदी छन् ।

यो पनि