बैशाख २१, २०८१, शुक्रबार
               

मन्त्रिपरिषद् बैठकअघि शीतल निवास पुगे प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज (बिहीबार) दिउँसो शीतल निवास पुगेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री ओली राष्ट्रपतिसँग परामर्श गर्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच सत्तारुढ नेकपा विवाद, विवाद समाधानका लागि जारी प्रयास र समसामयिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेटवार्ता भएको जानकारी दिए  ।

राजनीतिक संकट बढेसँगै के कस्ता निर्णय लिने भन्ने विषयमा आफ्ना निकटस्थहरुसँग परामर्श गरिरहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटलगत्तै आजै मन्त्रिपरिषद् बैठक समेत बोलाएका छन् । 

मन्त्रिपरिषदको बैठक अपरान्ह ४ बजे बस्ने एक मन्त्रीले जानकारी दिए ।

प्रधामन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ।

सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन् । 

यो पनि