बैशाख २२, २०८१, शनिबार
               

कांग्रेसको महाधिवेशन निर्धारित समयमै गर्नुपर्छ : नेता कोइराला

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने बताएका छन् । उनले कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयमा गर्न नसकिए आगामी चैत वैशाखसम्म भए पनि सम्पन्न गर्नुपर्ने बताए ।

कांग्रेसको सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा उनले महाधिवेशन समयमा गर्नुपर्ने भए पनि पार्टी नेतृत्व अल्मलिएको जस्तो देखिएको भन्दै जिल्लामा क्रियाशील सदस्यताको विषयमा चनाखो भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

नेता कोइरालाले कांग्रेसमा अधिवेशनका बेला मात्र चलायमान हुने परम्परालाई हटाउँदै वर्षभरी नै चलायमान हुँदा मात्र पार्टी बलियो हुने बताए । डा. कोइरालाले कांग्रेसले पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा सम्झौता नगर्ने उल्लेख गर्दै कांग्रेस पुनःबलियो अवस्थामा फर्कन देशभरका सबै कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा सम्पर्क समितिका सभापति बाबुराम आचार्यले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय नेतृत्व सर्वसम्मतिमा चयन गर्नसके पार्टीका गुटउपगुट अन्त्य हुने विचार व्यक्त गर्दै त्यसका लागि पहल गर्न डा. कोइरालालाई आग्रह गरे । कार्यक्रममा १३३ जनाले रक्तदान गरेका थिए ।

यो पनि