बैशाख २५, २०८१, मंगलबार
               

पाण्डेविरुद्ध विरोध गर्नेलाई कडा कारबाही गरियोस् : नेता नेपाल

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीको निन्दा गरेका छन् । नेता नेपालले सामाजिक सञ्जालमार्फत् पूर्वीचितवनमा नेता पाण्डेमाथि भएको अभद्र व्यवहारलाई लिएर विरोध जनाएका हुन् । 

गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवन गएका  गएका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेविरुद्ध शनिबार नाराबाजी भएको थियो । 

‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा गएका  रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यबहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भन्दै उक्त कार्य गर्ने/ गराउने जोसुकैलाई पनि कडाभन्दा कडा कारबाही गर्न उनको माग छ। 

नेता पाण्डेमाथि शनिबार चितवनमा प्रधानमन्त्री एवम् नेकपाकै केही कार्यकर्ताहरूको भीडले नाराबाजी तथा विरोध गरेका थिए ।

यो पनि