बैशाख २६, २०८१, बुधबार
               

बुटवलमास्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । 

१६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पतालका अनुसार उनी ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन् । 


कस्तो लाग्यो ?

यो पनि