कात्तिक २९, २०८१, बिहीबार
               

बालुवाटारमा सचिवालय बैठक सुरु, प्रधानमन्त्री पनि सहभागी

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । सो बैठकमा  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पनि सहभागी भएका छन् । 

अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि चिढिएका प्रधानमन्त्रीले सचिवालय बैठक बस्ने निर्धारतित समयमा मन्त्रिपरिषद्को बैठक बोलाए पनि अन्तत: सो बैठक एक घन्टा स्थगित गरी सचिवालय बैठकमा सहभागी भएका छन् ।

यसअघि उनले सचिवालय बैठक नराख्नका लागि पहल गर्दै आएका थिए । तर, सचिवालय बैठक केहीबेर मात्रै बसी स्थगित गर्ने तयारी भएको बुझिएको छ ।

नेकपा विवाद उत्कर्षमा पुगेपछि सो विवाद मिलाउन भन्दै राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत सक्रिय भएका छन् । यसअघि पनि उनीहरुको सक्रियताका कारण नेकपा विवाद सुल्झिएकाले यस पटक पनि सुल्झिने आकलन गरिएको छ । 

प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने बताउँदै आएका केपी ओली विभिन्न छलफल र भेटवार्तापछि छलफलमा सहभागी भएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बस्नुअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आजै शीतल निवास पुगेका थिए ।

यो पनि