जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री केपी शर्मा ओ‌ली राष्ट्रपति कार्यालयमा

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओ‌ली राष्ट्रपति कार्यालयमा गएका छन् । सचिवायल बैठकसँगै मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्री ओली सो बैठक बस्नुअघि राष्ट्रपित विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् ।

यसअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीबीच मंगलबार राति पनि भेटघाट भएको छ । बालुवाटारमा चिनियाँ राजदूत यान्छीसँग करिब दुई घण्टा भेट गरेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । 

नेकपाभित्र समस्या हुँदा राष्ट्रपति भण्डारी र राजदूत यान्छी सक्रिय हुने गरेका छन् । यसअघि अध्यादेश प्रकरणपश्चात् विभिन्न चरणमा नेकपा फुट नजिक हुँदा यी दुवैको सक्रियता बढेको थियो । 

जबजब पार्टीमा अफ्ठेरो परिस्थिति सिर्जना हुन्छ तबतब शीतल निवास पुग्ने ओलीको पछिल्लो शीतल निवास आवतजावतलाई निकै महत्वका साथ हेरिएको छ।

ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा र प्रचण्ड–माधव नेपाल पक्ष जसरी पनि  बैठक बसाल्ने तयारीमा रहेका बेला समय जुधाएर बोलाइएको बैठक जुधाएर बैठक बोलाएका छन् । जसका कारण अब सचिवालय बैठक के हुन्छ भन्ने अन्यौल छ ।  

प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । तर, पार्टीको बैठक छल्न खोजेको अर्थ लाग्ने गरी प्रधानमन्त्री ओलीले आजै १ बजे मन्त्रिपरिषद बैठक डाकेका छन् ।

यो पनि