जेठ ०८, २०८१, मंगलबार
               

सभापति देउवाद्वारा नेता न्यौपानेको निधनप्रति दुःख व्यक्त

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

कांग्रेसको जिल्ला कार्यसमिति कैलालीका पूर्वसचिवसमेत रहनुभएका न्यौपानेको गएराति उपचारका क्रममा निधन भएको हो ।
 
सभापति देउवाले एक शोक वक्तव्यमार्फत 'न्यौपानेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट' गरेका छन् । 

न्यौपाने क्यान्सर रोगबाट पीडित थिए । उनी कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेका श्रीमान् हुन् । 

न्यौपानेले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

कांग्रेसले उहाँको निधनबाट एक निष्ठावान् राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ । 

यो पनि