बैशाख २०, २०८१, बिहीबार
               

ओलीको चेतावनीपश्चात् प्रचण्ड पक्षद्वारा सहमतिमै बैठक राख्ने प्रयासका लागि समय थप

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

नेकपाका बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन दिएको डेडलाइन सकिएपछि कार्यकारी अध्यक्षको अगुवाइमा बोलाइएको बैठक स्थगित भएको छ ।    

प्रधानमन्त्री ओलीले मंगलबार बहुमत सदस्यले आफूविरुद्ध कुनै ‘एक्सन’ लिए त्यसको जवाफमा आफूले ‘महाएक्सन’ लिने चेतावनी दिएपछि सो आकलन गर्दै प्रचण्डपक्षीय नेताहरुले सहमतिमै सचिवालय बैठक राख्ने प्रयासका लागि दुई दिन समय थप गरी बैठक स्थगित गरिएको बुझिएको छ।  

प्रचण्डसहित बहुमत सचिवालय सदस्यले विवादित विषयलाई पार्टी कमिटीमा छलफल र निर्णय गरी सुल्झाउनुपर्ने बताउँदै बैठक राख्न ओलीलाई दबाब दिँदै आएका छन् । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हाल कुनै पनि बैठक आवश्यक नभएको भन्दै बैठक बोलाउन अस्विकार गरी बैठक बोलाउने कुरालाई अस्विकार गर्दै आएका छन् । 

सचिवालयका बहुमत सदस्य जसरी पनि बैठक बोलाउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई दबाब दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई आफूविरुद्ध कुनै एक्सन लिए त्यसको प्रतिकारस्वरुप महाएक्सनमा उत्रिने चेतावनी दिएका थिए । 

तर, ओलीले बैठकमा छलफल गर्ने विषयबारे दुई अध्यक्षबीच पहिले नै समझदारी बनाएर मात्र बैठक गर्न आफू तयार रहेको बताउँदै आएका छन्।

नेकपा जारी विवादका कारण केही समयदेखि नेकपाको विवाद उतकर्षमा पुगेको छ ।

यो पनि