जेठ ०४, २०८१, शुक्रबार
               

कार्यदलका सदस्य प्रधानमन्त्रीसँग छलफलै नगरी फर्किए

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । पार्टीमा उब्जिएको विवाद समाधानार्थ विष्णु पौडेलले नेतृत्व गरेको कार्यदल बालुवाटारबाट छलफलै नगरी फर्किएको छ।  पार्टीको गतिरोध अन्त्यका लागि बालुवाटार पुगेका कार्यदलका सदस्य प्रधानमन्त्रीले भेट नदिएपछि त्यतिकै फर्किएका हुन् । कार्यदलका सदस्य सोमबार मध्याह्न प्रधानमन्त्री ओलीसंँग भेटका लागि बालुवाटार गएका थिए । 

कार्यदलका एक सदस्यका अनुसार प्रधानमन्त्रीले भेट नदिएछि कार्यदलका सदस्य बालुवाटारबाट फर्किएका हुन् । ती सदस्यले प्रधानमन्त्रीले कार्यदलका सदस्यसँग भेट गर्ने इच्छा देखाएपछि आफूहरु बालुवाटार गएको बताए । 

‘भदौ २६ को निर्णय कार्यान्वयनमा कहाँ समस्या परेको हो भन्ने विषयमा छलफल गर्न बालुवाटार गएका थियौँ,’ ती सदस्यले भने, ‘कार्यदलमा रहेका जनार्दन शर्मा र पम्फा भुसाल भने सो छलफलमा गएका थिएनन् ।’

पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जारी शक्ति संंघर्ष चर्किएका बेला नेताहरूले सक्रियता देखाएका थिए। विघटन भएको सोही कार्यदलले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने तय गरेको थियो । सोमबार महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेट गरेका थिए । पार्टीमा विवाद हुँदा साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि