बैशाख १७, २०८१, सोमबार
               

नेकपा विवाद समाधानार्थ महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन: सक्रिय

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपामा विवाद बढिरहेका बेला महासचिव विष्णु पौडेल नेतृत्वको ‘कार्यदल’ पुन: सक्रिय भएको छ । 

स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्‍याउन भूमिका खेलेको सो कार्यदल पुन: सक्रिय भएको हो । यसअघि सो कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो ।

पुन: अध्यक्षद्वाय र वरिष्ठ नेता माधव नेपालबीच विवाद चर्किरहेका बेला सक्रिय भएको सो कार्यदलको भूमिकालाई  नेकपाभित्र गहन रुपले हेरिएको छ । कार्यदलका सदस्यहरुसँग छुट्टा-छुट्टै कुराकानी गरेपछि महासचिव पौडेलले सोमबार संयुक्त छलफल कार्यतालिका रहेको एक एक स्रोतले जानकारी दिएको छ । त्यसैगरी सो कार्यदलले सोमबारै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा राख्ने तयारी गरेका छन् ।

कार्यदलमा नेकपाभित्र तीनै खेमा (ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) का दुई/दुई जना सदस्य छन् । ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

कात्तिक १५ मा अध्यद्वयबीच भएको भेटमा ओलीले प्रचण्डलाई अब आ-आफ्नो बाटो लागौँ भनेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । जसका कारण पार्टी विभाजनउन्मुख भएका बेला सो कार्यदलको सक्रियता बढ्नुले नेकपामा केही झिनो आसा जगाएको छ । यद्यपि केही दिनयताका नेकपाका शीर्ष नेताका क्रियाकलाप हेर्दा  नेकपा एकता जटिल मोडमा पुगेको छ ।  

शनिबार मात्रै पार्टीमा देखिएको संकटबारे छलफल गर्न प्रचण्डसहित बहुमत सचिवालय सदस्य -प्रचण्ड, झलनाथ खनाल, नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले सचिवालय बैठकका लागि सहमति माग गर्दै ओलीलाई लिखित पत्र नै बुझाएका छन् । उनीहरुले अध्यक्ष ओलीलाई बैठक बोलाउनका लागि दिएको समयावधि सोमबारबाट सकिँदै छ । 

यो पनि