मंसिर ०७, २०८१, शुक्रबार
               

झापामा कोरोनाबाट पूर्व गाविस सचिवको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाबाट झापामा पूर्व गाविस सचिवसको मृत्यु भएको छ । जानकारी अनुसार भद्रपुर नगरपालिका–५ पोखरी टोल निवासी ६२ वर्षीय  पूर्व गाविस सचिव कुमुदचन्द्र झाको आज (आईतबार) बिहान मृत्यु भएको हो ।

उनको गत कात्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ आएको बताइएको छ । उनि लामो समयदेखि सिकिस्त थिए । शरीरमा थप समस्या देखा परेपछि उनको पिसीआर परीक्षण गरिएको थियो ।

उनको कोरोना रिपोर्ट आज बिहान आउँदा पोजेटिभ देखिएको हो । उनि भद्रपुर जेसीजका सन् १९९६ का अध्यक्ष एवं नेपाल जेसिज का पूर्व राष्ट्रिय उपाध्यक्ष समेत रहेका थिए ।  

 


कस्तो लाग्यो ?

यो पनि