बैशाख २८, २०८१, शुक्रबार
               

विवाद समाधानार्थ अध्यक्षद्वयबीचको भेट ‘हात्ती आयो, हात्ती आयो फुस्सा’

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

काठमाडौं । विवाद समाधानार्थ भएको नेकपा दुई अध्यक्षबीचको भेट ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भएको छ ।

दुई अध्यक्षबीच निकै तिक्तता भइरहेका बेला पार्टीका नेता तथा कार्यकर्ताको बलमा बिहीबार भएको सो भेट एक अर्कालाई आरोप प्रत्यारोपमै केन्द्रित हुँदा हत्ती आयो हत्ती आयो फुस्सा नेपाली उखान चरितार्थ भएको हो ।

बुधबारै हुने भनिए पनि विभिन्न कारणले हुन नसकेको सो भेट बिहीबार भएको हो ।विवाद समाधानार्थ भएको सो भेटमा दुवैले एकअर्कालाई गुटको राजनीति गरेको आरोप लगाएका छन् । 

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा एक घण्टा भएको छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एक अर्कामा गुटको भेला चलाउन सक्रिय भएको भन्दै आरोपमा उत्रेको एक स्रोतले  जानकारी दिएको छ । 

भेटमा दाहालले अर्का अध्यक्ष ओलीसँग पार्टी भित्र कसले राजीनामा मागेको छ र ? बाहिर बाहिर राजीनामा दिन्न भनेर भन्नु भएको ? भन्दै प्रश्न गरेका थिए ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली ओलीले म आफ्नै मिहिनेतले यो ठाउँमा आएको र जनताको मतका आधारमा पनि आफूले तत्काल राजीनामा दिन उपयुक्त हुँदैन भनी अभिव्यक्ति दिएका थिए । 

यसका अलवा दाहालले मदन भण्डारी फाउण्डेसनको नाममा गुटको भेला बोलाएको भन्दै अध्यक्ष ओलीसँग असन्तुष्टि पोखेका थिए ।  त्यसको जवाफमा ओलीले आफूले गुटको भेला गरेको नभई दाहाललाई नै गुटको भेला चलाएको आरोप लगाएका थिए ।यसका अलवा अध्यक्ष ओलीले दाहाललाई बाहिर अनेकखाले भेला बोलाएर गुट चलाएको आरोप लगाएको एक स्रोतले जानकारी दियो । 

एक स्रोतका अनुसार अध्यक्ष ओलीले दाहाललाई आफूविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाएका थिए ।त्यसैगरी अर्का अध्यक्ष दाहालले प्रदेश १ को भर्चुअल बैठक केका लागि गरेको भनी चासो राखेका छन् । उनले सोतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउन सुझाव दिएका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि