बैशाख १२, २०८१, बुधबार
               

नेकपा फुटको संघारमा प्रवक्ता श्रेष्ठको यस्तो आह्वान

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् ।

पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको बताउँदै उनले यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठले लेखेका छन्, 'फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुन्छ ।' उनले अगाडि लेखेका छन्, 'तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं ।' 

पार्टी विवादबारे बैठक बस्न र सबै पक्षहरुका बारेमा खुला छलफल गर्न आह्वानसमेत गरेका छन् ।

प्रवक्ता श्रेष्ठले लेखेका छन्, 'पार्टी भित्र देखिएको छलफल ,बहश र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक  कार्यदिशा र क्रान्तिकारी  पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै  त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ , पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन । ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन ।'

देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचेर सकारात्मक निष्कर्ष निकाल्न उनले आग्रह गरेका छन् ।

उनले भनेका छन्, 'जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं ।'

यो पनि