बैशाख १९, २०८१, बुधबार
               

राष्ट्रपतिसमक्ष तीन नवनियुक्त राजदूतले लिए शपथ

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त तीन राजदूत गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले राष्ट्रपतिसमक्ष शपथग्रहण गरेका छन् । 

आइतबार  उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । 

सपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।


कस्तो लाग्यो ?

यो पनि