बैशाख १८, २०८१, मंगलबार
               

नेकपाले यस वर्ष चाडबाडको अवसरमा चियापान कार्यक्रम नगर्ने

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वको अवसरमा विगतमा गर्दै आएको चियापान यस वर्ष नगर्ने बताएको छ । 

नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो । 

‘हाम्रो पार्टीले नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ’, पार्टी कार्यालयको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

नेकपाले वडादसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत समस्त चाडपर्वको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, संमृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । 

यो पनि