बैशाख १६, २०८१, आइतबार
               

परिवार-परिवारबीच सामान्य सहकार्य गरी दसैँ मनाउन मेयर शाक्यको आग्रह

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परिवार-परिवारबीच सामान्य सहकार्य गरी दसैँ मनाउन आग्रह गरेका छन् । 
दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर शाक्यले यस्तो आग्रह गरेका हुन । दसैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परिवार–परिवार बीचमा सामान्य जमघटसहित दसैँ  मनाउन उनको आग्रह छ । 

‘बडादसैँमा हुने जमघट र ओहोर–दोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्छ । त्यसैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै बडा दशैँलाई परम्पराको जगेर्ना र पाहुना सत्कारबाट टाढा रही घरभित्रै परिवारका सिमित सदस्यका बीचमा सामान्य जमघटसहित मनाऔँ,’ उनले जारी गरेको सन्देशमा भनिएको छ,’ ‘कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दशैँ सहितका पर्वलाई विगतका वर्षहरुमा जस्तै खुसियालीका साथ स्वतन्त्र भई उल्लासमय वातावरणमा मनाउने नै छौँ ।’


कस्तो लाग्यो ?

यो पनि