जेठ ०८, २०८१, मंगलबार
               

रअ प्रमुखसँग भेट नभएको कांग्रेस सभापति देउवा र माधव नेपालको स्पष्टीकरण

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौैं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रअ प्रमुखसँग भेट नभएको बताएका छन् । 

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो रअ प्रमुखसँग भेट नभएको स्पष्टीकरण दिएसँगै उनीहरुले पनि आफ्नो रअ प्रमुखसँग भेट नभएको भनी स्पष्टीकरण दिएका छन् । यद्यपि केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले रअ प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भएको जानकारी दिएका छन् । उनले बिहीबार एक वक्तव्य जारी गर्दै बुधबार बेलुका रअ प्रमुख र प्रधानमन्त्रीबीच भेट भएको जानकारी दिएका हुन् ।

रअ प्रमुख आफ्नै विमान लिएर सुटुक्क नेपाल आउनुको रहस्य भने खुल्न सकेको छैन । तर, प्रधानमन्त्रीसँग भएको भेटमा नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तरता दिने विषयमा कुराकानी भएको बताइएको छ ।

यो पनि