कात्तिक ३०, २०८१, शुक्रबार
               

कर्णाली विद्रोह भनी चिनएको प्रदेशको विवाद समाधानका दुई अध्यक्षबीचको छलफल विनानिष्कर्ष

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौैं । कर्णाली विद्रोह भनी चिनएको प्रदेशको विवाद समाधानका लागि भनी दुई अध्यक्षबीचको भएको छलफल विनानिष्कर्ष सकिएको छ ।

सो प्रकरणसँगै कर्णाली प्रदेशका मुख्य नेताहरुसँग भेटेपछि असन्तुष्ट बनेका अर्का अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच बालुवाटारमा भएको छलफल विनानिष्कर्ष सकिएको हो । 

मंगलबार बिहान बालुवाटार पुगेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रदेशको विवाद समाधान गरिदिन प्रस्ताव गरेका  तर, प्रचण्डले प्रदेशको विवाद प्रदेश कमिटीले नै मिलाउनु उचित हुने जवाफ दिएको बुझिएको छ ।

उनले प्रदेशको विवाद संघले मिलाउँदा गलत सन्देश जाने भनी यस विषयमा कुरै गर्न नमानेको एक स्रोतले जानकारी दियो ।   

प्रदेश सरकार भनेको र संघको मातहतमा हुनुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गरेको, तर प्रचण्डले नमानेको एक स्रोतले बताए । 

संघीयताको मर्म र भावनाअनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ दिएर फर्किएको एक नेताले बताए ।

यसअघि गत शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश कमिटीका नेताहरुसँग भेटघाट गर्दा प्रचण्डले पहिल्यै छलफल भइसकेको भन्दै सहभागिता जनाएका थिएनन् ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री प्रकरणले पार्टी एकतामै खलल पुर्‍याएको भनी हल्लाखल्ला भइरहेका बेला केन्द्रकै निर्देशनबमोजिम विवाद केही   हदसम्म मिलाइएको थियो । सो प्रकारणसँगै अध्यक्षद्वयबीच मनमुटाव भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि