जेठ ०९, २०८१, बुधबार
               

कांग्रेस सभापतिद्वारा आफ्ना दलका सांसदलाई दसैँ भत्ता फिर्ता गर्न निर्देशन

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना दलका सांसदलाई दसैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

कोरोना कहरमा पनि सांसदले दसैँ भत्ता लिएको भनी चौतर्फी आलोचनापश्चात् सोमबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले आफ्नो दलका सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् । 

उनले भनेका छन्, ‘ संसद सचिवालयले दसैँभत्ता भनेर सांसदको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्नू ।’ यसअघि नेकपाका  भीम रावलले आइतबार संसद सचिवालयलाई आफ्नो खातामा आएको दसैँ भत्ता फिर्ता लिन आह्वान गर्दै पत्र लेखेका थिए । त्यसैगरी, नेकपाकै अर्का नेता जनर्दन शर्माले पनि दसैँमा सांसदले लिने दसैँ खर्च भेन्टिलेटर किनौँ भनी प्रस्ताव गरेका थिए ।

यसरी नेकपाका नेताले दसैँ भत्ता फिर्ता गरेसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आफ्ना सांसदलाई सो रकम फिर्ता गर्न निर्देशन दिएका हुन् । सभापतिको सो निर्देशनसँगै  कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले  पार्टीको निर्देशनअनुरुप अब सबैले दसैँ खर्चबापतको रकम फिर्ता गर्ने बताए । 

यो पनि