बैशाख ०६, २०८१, बिहीबार
               

दसैँमा सांसदलाई बाँड्ने पैसाबाट भेन्टिलेटर किनौँ  : जनार्दन शर्मा

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

नेकपाका नेता तथा प्रतिनिधि सांसद जनार्दन शर्माले सांसदलाई दसैँका लागि बाँड्नुको सट्टा सो रकमबाट भेन्टिलेटर किन्न आह्वान गरेका छन् । 

नेता शर्माले आइतबार ट्विट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यसका अलवा उनले सो ट्विटमार्फत् दसैँ भत्तास्वरुप आएको रकम भेन्टिलेटरमा राखी उपचाररत कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई हस्तान्तरण गरेको जानकारी गराएका छन् ।

उनले सो ट्विटमा भनेका छन्, ‘ कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनाैं । दशैं भत्तास्वरुप आएको रकम कालिकोटका पुर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’

संघीय सांसद र प्रदेश सभा सदस्यहरूले दसैं भत्ता वापतको रकम लिएको भन्दै आलोचना भइरहेको बेलामा सांसद शर्माको उक्त धारणा आएको हो ।

यसअघि नेकपाका नेता भीम रावलले पनि आफूले प्राप्त गरेको दसैं भत्ता वापतको रकम फिर्ता गर्ने घोषणा गरिसकेका छन् । संघीय संसद सचिवालयले प्रत्येक सांसद र संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवहरूलाई प्राप्त गर्दै आएको एक महिनाको पारिश्रमिक जत्तिकै रकम दसैं भत्तावापत बैंक खातामा जम्मा गरेको थियो ।

यो पनि