जेठ ०८, २०८१, मंगलबार
               

दसैँलगत्तै देशभर सशक्त आन्दोलन गर्ने कांग्रेसको उद्घोष

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

काठमाडौैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै  दसैपछि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई यस्तो चेतावनी दिएका हुन्  । 

सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको उनको आरोप थियो। औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको उनले बताए ।

कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने उनको भनाइ थियो । ‘कोभिड- १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको छ,’ देउवाले भने । 

यो पनि