चैत १५, २०८०, बिहीबार
               

डा. केसीको जीवनरक्षामा ध्यान दिऔं : नेकपा प्रवक्ता

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

साथै उनले डा. केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको उल्लेख गरेका छन् ।

प्रवक्ता श्रेष्ठले यतिबेला सरकार, डा. केसी स्वयं र हामी सबैले उनको जीवन रक्षामा ध्यान दिनुपर्ने बताएका हुन् । 

बिहीबार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘डा. केसी निःस्वार्थी सत्याग्रही हुनुहुन्छ। उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । त्यो सबै नेपालीका लागि खुसीको कुरा हो । उहाँको जीवन महत्त्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनुपर्दछ।’

प्रवक्ता श्रेष्ठले सरकारले डा. केसीसँग वार्ताका लागि टोली गठन गरेर सकारात्मक पहल गरेको भन्दै छिट्टै सकारात्मक निष्कर्षमा पुगिने विश्वास समेत व्यक्त गरेका छन् ।

यो पनि