जेठ ०७, २०८१, सोमबार
               

राप्रपालाई आयोगले दियो वैधानिकता, अध्यक्ष लोहनीको यस्तो आह्वान

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपा (संयुक्त) र राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ ।

आयोगले वैधानिकता प्रदान गरेसँगै अबदेखि राप्रपाको चुवान चिन्ह हलो हुनेछ भने गाई अंकित झण्डा कायम रहने छ ।

यसैबीच, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी चुनावमा राप्रपालाई देशको बलियो प्रजातान्त्रिक तथा राष्ट्रवादी शक्ति बनाउने माहाअभियानमा संकल्पका साथ अघि बढ्न सबैमा आह्वान गरेका छन् ।

निरन्तरतासहितक‍ो गतिशिलताको सैद्धान्तिक संरचना बोकेको राप्रपा आगामी दिनमा समाज रुपान्तरण गर्ने र राष्ट्रिय एकता सुदृढ गर्ने प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने लोहनीको विश्वास छ ।

'आगामी चुनावमा राप्रपालाई देशको बलियो प्रजातान्त्रिक, राष्ट्रवादी शक्ति बनाउने माहाअभियानमा संकल्पका साथ अगाडि बढ्न सबैमा आह्वान गर्दछु', अध्यक्ष लोहनीले भने, 'निरन्तरता सहितक‍ो गतिशिलताको सैद्धान्तिक संरचना बोकेको राप्रपालाई आउँदा दिनहरुमा नेपाली समाजको रुपान्तरण गर्ने र राष्ट्रिय एकता सुदृढ गर्ने प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित गर्न प्रतिवद्ध भइ अगाडि बढौँ ।'

यो पनि