जेठ ०१, २०८१, मंगलबार
               

चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने पक्राउ

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा नेपाली युवाले काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि आइतबार पुन: प्रदर्शन गरेका छन् । 

त्यसक्रममा दर्जनौँ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज पक्राउ पर्नेमा युवतीहरूसमेत रहेका छन् । प्रदर्शनका लागि जुम्लाबाट पनि मानिस आएको समाचार स्रोतले जनाएको छ ।

सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाउन खोजेका युवाको समूहलाई प्रहरीले नियन्त्रण गरेको थियो ।

पछिल्लो समयमा चीनले पनि नेपाली भूमि मिचेर भवनहरु नै बनाएको समाचार सार्वजनिक हुँदैआएको छ । हुम्लाको नाम्खा गाउँपालिका- ६ लाप्चास्थित नेपाली भूमिमा छिरेर चीनले नौ वटा ठूला व्यावसायिक भवन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । दुई वटा भवन केही वर्षअघि नै चीनले बनाइसकेको थियो । सरकारले भने चीनबाट नेपाली भूभाग नमिचिएको जनाएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि