बैशाख ०८, २०८१, शनिबार
               

सीमा अतिक्रमणविरुद्ध चिनियाँ दूतावासअगाडि प्रदर्शन

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा काठमाडौंको भाटभटेनीस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन भएको छ ।

सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाउन गएको नागरिक युवा समूहमाथि प्रहरीले नियन्त्रण गरेको थियो । सरकारले कोरोना महामारीका कारण सभाजुलुस र धर्ना निषेध गरेको छ । तर सीमा जस्तो संवेदनशील विषय भएको भन्दै दूतावासअघि धर्ना दिइएको सहभागी एक युवाले जनाए ।

चिनियाँ दूतावास क्षेत्रमा तैनाथ सुरक्षाकर्मी

पछिल्लो समयमा चीनले पनि नेपाली भूमि मिचेर भवनहरु नै बनाएको समाचार सार्वजनिक हुँदैआएको छ । हुम्लाको नाम्खा गाउँपालिका- ६ लाप्चास्थित नेपाली भूमिमा छिरेर चीनले नौ वटा ठूला व्यावसायिक भवन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । दुई वटा भवन केही वर्षअघि नै चीनले बनाइसकेको थियो ।

चीनले संरचना बनेकै ठाउँमा नेपाल र चीनको सीमा स्तम्भ (११ नम्बर पिल्लर) रहेको थियो । अहिले त्यो सीमा स्तम्भ गायब भएको छ । 

चीनले बनाएको भवन

 


कस्तो लाग्यो ?

यो पनि