काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा अब नियमित हवाई उडान हुने बताएका छन् ।
शनिबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पहाडी तीन जिल्लाको हवाई उडान सेवाको परीक्षण उडानका लागि उनी धनगढी पुगेका थिए । उनले भने, ‘पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु हुन्छ ।’