जेठ ०६, २०८१, आइतबार
               

बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । 

आइतबारको बैठकमा मन्त्रिपरिषद सदस्य हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो । 

आजको बैठकमा पनि मन्त्रिपरिषद पुनर्गठनको विषयसँगै बाँकी एजेन्डामा छलफल हुने एक नेताले जानकारी दिए ।

संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ ।


कस्तो लाग्यो ?

यो पनि