जेठ ०६, २०८१, आइतबार
               

आज पनि नेकपा सचिवालय बैठक, मन्त्री हेरफेरको एजेन्डामा छलफल

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) पनि बस्दै छ ।

पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री हेरफेर र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ ।

हिजो (आइतबार) छलफल भएका तर निर्णय हुन नसकेका विषयमा आजको बैठकले निर्णय लिन सक्ने एक नेताले जानकारी दिए ।

हिजोको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफलमा भएका थिए ।

चार एजेन्डामध्ये मन्त्रीमण्डल हेरफेरको विषयले हिजोको बैठकमा प्राथमिकता पाएको थियो । आजको बैठकमा पनि यो विषयले प्राथमिकता पाउने भएको छ ।

मन्त्री हेरफेर गर्दा वरिष्ठ नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि समेट्नु पर्नेमा अर्का अध्यक्ष प्रचण्डले जोड दिएका छन् । ओलीले यस विषयमा परामर्श गर्नुपर्ने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि