जेठ ०६, २०८१, आइतबार
               

डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले डा. केसीसँग संवादको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

२०७५ साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, त्यही बर्ष माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गर्दछ ।’

प्रवक्ता शर्माले डा. केसीका जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, कोरोना भाइरसको पिसिआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर भदौ २९ गतेदेखि जुम्लामा अनसनरत छन् ।

यो पनि