बैशाख १९, २०८१, बुधबार
               

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवबारे निर्णय हुने

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक पाँच बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
बालुवाटारमा बस्ने बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हुने बताइएको छ । १८ गते बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । तर, त्यसपछि मन्त्रिपरिषद् बैठकमा गौतमबारे छलफल भएको थिएन । प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषदबाट निर्णय हुने बताएका थिए । आजको बैठकमा गौतमबारे निर्णय हुन सक्ने सम्भावना छ ।

नेकपा उपाध्यक्षसमेत रहेका गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्तावमा सचिवालय बैठकले राष्ट्रिय सभा पठाउने प्रस्तावलाई अन्य सचिवालय सदस्यले समर्थन जनाएका थिए । 

पार्टीले निर्णय गरेको १० दिन बित्न लाग्दा पनि मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस नगरेपछि कतिपयले गौतमको हकमा कतै गत फागुनको जस्तै हुने त होइन भनी प्रश्न गर्न थालेका छन् । 

तर, नेकपा सचिवालयका एक सदस्यका अनुसार यो पटक त्यस्तो नहुने र पार्टी निर्णय कार्यान्वयन हुने पक्का छ । पार्टीमा आन्तरिक विवाद चर्किएका बेला मध्यमार्गी प्रस्ताव ल्याएका गौतमलाई पार्टी घोषणापत्र लेख्ने तथा सचिवालय सदस्यमध्ये बाँकी सबै सङ्घीय संसद् सदस्य भएकाले पनि उनलाई संसद प्रवेश गराउनु उपयुक्त हुने धेरै नेताको भनाइ छ ।

यो पनि