जेठ ०२, २०८१, बुधबार
               

१५ दिन निषेधाज्ञा थप गर्न उपत्यकाका नगरपालिका मेयर फोरमको सुझाव

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञालाई थप कडाइ गर्न सुझाव दिएको छ । 

उपत्यका नगरपालिका मेयर फोरमको बुधबार बसेको भर्चुवल बैठकले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउन तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको हो । 

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाइ थप १५ दिन कर्फ्यू आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

यसका अलवा श्रेष्ठले कोरोना समुदायस्तरमा फैलिएकाले मानिसको आवागमन पूर्ण रुपमा निषेध नगरे नियन्त्रणमा लिन नसकिने बताए । 

‘कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको छ,’ उनले भने ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरी केही दिन खुकुलो भए पनि पुन: उपत्यकामा निषेधाज्ञा भदौ ३ मध्यरातबाट पुन: सुरु भएको थियो । जसको समयावधि बुधबारबाट सकिँदै छ ।  अब के गर्ने भनी तीन जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा निर्णय गर्नेछ । 

यो पनि