बैशाख १७, २०८१, सोमबार
               

मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने जसपा विद्यार्थी संगठनको चेतावनी

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न आग्रह गरेको छ । सो संगठनले बुधबार एक प्रेस विज्ञप्ति जारी सरकारले मंगलबार पेट्रोलियम पदार्थमा गरेको मृल्यवृद्धि फिर्ता गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा जनतामाथिको शोषण भएको भन्दै मूल्यवृद्धि फिर्ता गरी करमुक्त निश्चित मूल्य तोक्न कोरोनाका कारण आक्रान्त नेपाली जनतामाथि अत्यावश्यक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि नगर्न माग गरिएको छ ।  

‘कोरोना महाव्याधीका कारण आमनागरिकको जनजीवन अस्तव्यस्त भएको र निम्नवर्गीय श्रमजीवी नागरिकले भात खान खुलामञ्च पुगेर लाइन लाग्नुपर्ने अवस्थामा अति आवश्यक वस्तुमा मूल्यवृद्धि गरिनु अन्याय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको बजेटमा पेट्रोलमा १० प्रतिशत पूर्वाधार विकास कर थोपरिएको छ भने बजेट भाषणको बखत अर्थमन्त्रीले कर बढाइए पनि मूल्य बढ्दैन भनेर आश्वस्त पार्नुभएको थियो ।’

यसका अलवा सो संगठनले सरकारले मूल्य वृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘हामी चेतावनी दिन चाहन्छौं’ अब अत्ति भयो, धैर्यताको सीमा नाघ्दै छ, ’ सो विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाले आक्रान्त भएको आम नागरिकको धैर्यता टुट्यो भने यो सरकारलाई बगाउन छिनभर लाग्नेछैन । जनताले अत्यधिक बहुमत दिएको जनतालाई नै शोषण गरेर अर्बौंको अंकमा भ्रष्टाचार गर्न होइन।’

साथै सो विज्ञप्तिमर्फत नेकपा सरकारको चेत पनि सुधारको माग गरिएको छ । ‘जनताले अत्याचार भएको बोध गरे भने मेरो पार्टीको सरकार भनेर माया गर्नेछैनन् । त्यसैले सरकारले तत्काल गल्ति सच्याएर पेट्रोलियम पदार्थजस्तो अति आवस्यक वस्तुमा व्यापारको नियम रोकेर मूल्यवृद्धि फिर्ता गरी करमुक्त निश्चित मूल्य तोकियोस्,’ सो विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा कोरोनाको महाव्याधी भएपनि जनता र आम युवा विद्यार्थी  सडकमा आएर सरकारको चेत खुलाउन बाध्य हुनेछौँ ।’

यो पनि