जेठ ०५, २०८१, शनिबार
               

नेपालीको उद्धारमा सरकारको मानवीय भावना देखिएन : कांग्रेस

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदाता विदेशिएका नेपालीलाई  प्रतिकुल अवस्थामा सरकारले वर्ग शत्रु को व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएको छ । 

शनिबार एक वक्तव्य जारी गर्दै ६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नू न्यायोचित नभएको भन्दै  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विदेशबाट नेपाल ल्यउने प्रक्रियाप्रति असन्तुष्टि जनाएको हो । 

‘कांग्रेसले भने पुनः महँगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैँले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पीडामाथि पीडा थपेको छ,’सो वक्तव्यमा भनिएको छ, ‘एक त चार्टर फ्लाइटको महँगो टिकट काट्नुपर्ने, होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पिसिआर परीक्षण आफैँ गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्चसमेत आफैँ हाल्नुपर्ने बाध्यता सिर्जना गर्नु अन्यायपूर्ण छ ।’

यसका अलवा नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि प्रकट गरेको छ । सरकारकको कार्यशैलीले अप्ठ्यारोमा परेका नेपालीको उद्धारमा मानवीय भावना नभएको सो वक्तव्यमा उल्लेख छ  । यसका अलवा  का‌ंग्रेसले सरकारमा व्यापारको मस्तिष्क धेरै खपत भएको पनि बताएको छ ।

सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि