बैशाख २०, २०८१, बिहीबार
               

ओलीप्रति दाहाल पुन: असन्तुष्ट

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाभित्रको विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले शनिबार आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी गरिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट भएका छन् । 

कार्यदल गठनपश्चात प्रधानमन्त्री ओलीले धमाधम राजनीतिक नियुक्ति गरेपछि दाहाल प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट भएका हुन् । 

स्रोतका अनुसार सो कार्यदलले अपेक्षाकृत समस्या सम्बोधनभन्दा झिनामसिना कुरा समेटेर अध्यक्षद्वयलाई सो प्रतिवेदन बुझाउन लागेको छ । 

कार्यदलले अध्यक्षद्वयलाई शुक्रबारै बुझाउने तयारी गरे पनि कार्यदल सदस्य भीम रावल आछाम गएकाले सो प्रतिवेदन शनिबार बुझाउन लागिएको हो । 

रावल काठमाडौं फर्केपछि बैठक बसी अन्तिम रूप दिएर प्रतिवेदन बुझाउने बताइएको छ । तर, सो कार्यदलभित्र प्रतिवेदनको विषयलाई लिएर विवाद भएको  बुझिएको छ । 

नेकपाको समग्र विवाद समाधान गर्न भन्दै गठन भएको सो कार्यदल गठन भएको आज एक हप्ता भएको छ ।

तर, सो कार्यदल गठनपश्चात अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा राजनीतिक नियुक्ति गरेसँगै अध्यक्ष पुष्पकमल दाहाल ओलीप्रति असन्तुष्ट छन् । अध्यक्ष प्रचण्डले बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर कार्यदल गठनपछि गरिएका नियुक्तिहरु सच्याउन सुझाव दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि